Logo

कर्पोरेट-बजार

नेपालमा लगानीका लागि अर्जेन्टिनालाई चेम्बरको आग्रह


GDP नेपाल
   ३० आश्विन २०८०, मंगलबार


नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अर्जेन्टिनलाई आग्रह गरेको छ । नेपालका लागि अर्जेन्टिनाका राजदूत ह्युगो जाभियर गोवीसँग चेम्बर भवनमा आज (मङ्गलबार) भएको भेटमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले लगानीका लागि आग्रह गर्नुभएको हो ।

नेपालको पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा प्रतिफलको उच्च सम्भावना भएको अध्यक्ष मल्लले बताउनुभयो । मल्लले भन्नुभयो, ‘‘अर्जेन्टिना भौगोलिक दृष्टिकोणले टाढा भए पनि व्यापारिक क्षेत्रमा थुप्रै सहकार्य गर्न सकिन्छ । नेपालको पर्यटन क्षेत्र पृथक खालको छ । सूचना प्रविधिमा पनि अधिक सम्भावना छ । दुई देशका निजी क्षेत्रबीच सहकार्य मार्फत लगानीका लागि आग्रह गर्दछु ।’’

नेपालमा अवैतनिक दूतको नियुक्ति गरेर व्यापारिक सहकार्य गर्न समेत अध्यक्ष मल्लले राजदूत गोवीसँग आग्रह गर्नुभयो । नेपाल अर्जेन्टिनाबीचको कुटनीतिक सम्वन्ध ६० वर्ष पूरा भएको सन्र्दभमा अध्यक्ष मल्लले व्यापारिक सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष मल्लले अर्जेन्टिनाको निजी क्षेत्र र नेपाल चेम्बर अफ कमर्सबीच सहकार्य गर्न सकिए आर्थिक गतिविधि विस्तार हुने बताउनुभयो । नेपालले अर्जेन्टिनाबाट गतवर्ष करिव २५ अर्व रुपियाँको वस्तु आयात गरेको थियो ।

राजदूत गोवीसँग अध्यक्ष मल्लले नेपालको जलविद्युत, बनजन्य उद्योग, जडीबुटी प्रशोधन जस्ता क्षेत्रमा समेत लगानीका लागि प्रस्ताव गर्नुभएको छ । दुई देशका निजी क्षेत्रस्तरमा उच्चस्तरीय व्यपारिक भ्रमण गराएर आर्थिक गतिविधि विस्तार गर्न सकिनेमा अध्यक्ष मल्लले जोड दिनुभयो ।

जवाफमा राजदूत गोवीले नेपालमा आर्थिक गतिविधि विस्तार गर्नका लागि आफुले पहल गर्ने बताउनुभयो । हिमालय पर्वतको देश नेपाल भौगोलिक र प्राकृतिक दृष्टिकोणले समेत उच्च रहेको राजदूत गोवीको भनाइ छ ।

दुई मुलुकबीचको सम्वन्धलाई जनस्तरबाटै विकास गर्नुपर्नेमा राजदूत गोवीले जोड समेत दिनुभयो । उहाँले भन्नुभयो, ‘‘नेपालसँगको सम्बन्धलाई जनस्तरबाटै विकास गर्न आवश्यक छ यसका लागि पनि म पहल गर्छु ।’’ नेपालको खाद्य सुरक्षाका लागि सहयोग गर्न अर्जेन्टिना तयार रहेको समेत राजदूत गोवीले बताउनुभयो ।

प्रकाशित : ३० आश्विन २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह