Logo

कर्पोरेट-बजार

महासंघले आईएलओको सहयोगमा ग्रीन इकोनोमिको विषयलाई अगाडि बढाएको छस् उपाध्यक्ष ढकाल


GDP नेपाल
   ३ कार्तिक २०८०, शुक्रबार


पर्यावरणीय दिगोपना सुनिश्चित गर्दै आर्थिक अवसरहरू सिर्जना गर्नुपर्नेमा उद्यमी व्यवसायीहरूले जोड दिएका छन् । यसका लागि उद्योग क्षेत्रमा हरित बृद्धि (ग्रीन ग्रोथ) को अवधारणा महत्वपूर्ण हुने धारणा उनीहरूको छ ।

वातावरणका इस्यूहरूमा नेपालले गरेको विश्वव्यापी प्रतिबद्धताहरू पूरा गर्न व्यापार र उद्योग क्षेत्रका लागि हरित बृद्धि (ग्रीन ग्रोथ) को अवधारणा महत्वपूर्ण हुने आज धनगढीमा आयोजित एक कार्यक्रमका सहभागी उद्यमी व्यवसायीहरूले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघले आइएलओको सहयोगमा स्ट्रेन्थेन इम्प्वयर्स क्यापासिटी फर इम्प्रुभ्ड डिसेन्ट वर्क थ्रु प्रमोटिङ वर्क वेज्ड लर्निङ स्कील याजवेल याज सेफ्टी एण्ड हेल्थ परियोजना संचालन गरीरहेको छ ।

सोही परियोजना अन्तरगत आयोजना गरिएको कार्यस्थलमा आधारित सीप विकास तथा ग्रीन इकोनोमी विषयक कार्यक्रमका सहभागीहरुको हरित बृद्धि अभ्यासहरू अंगाल्दा वातावरण र समाजलाई समेत फाइदा पुग्ने कुरा सबैलाई बुझाउनु पर्ने सुझाव थियो । हरित वृद्धिका अभ्यासहरू अंगाल्दा आर्थिक वृद्धि, बजार प्रतिस्पर्धा र दीर्घकालीन अवसरहरू समेत सिर्जना हुने धारणा सहभागी विज्ञहरू राखे ।

कार्यक्रम महासंघको सुदूरपश्चिम प्रदेश च्याप्टरको सहकार्यमा आयोजना गरिएको थियो । जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्दा वैज्ञानिक, समावेशी र सामाजिक सुरक्षाका उपाय अवलम्बन गर्नुपर्ने सुझाव उनीहरूको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका उपाध्यक्ष एवं वस्तुगत परिषद्का सभापति हेमराज ढकालले महासंघले निजी क्षेत्रलाई वातावरण परिवर्तनका मुद्दामा सचेत गराउँदै दीगो आर्थिक विकासमा काम गर्न सहयोग पुरयाउने अभिप्रायले यो कार्यक्रमको आयोजना गरिएको बताए ।

उपाध्यक्ष ढकालले पछिल्लो पटक नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका इस्यूमा गरेका प्रतिवद्धताहरुलाई समेत पूरा गर्ने अभिप्रायले महासंघले आईएलओको सहयोगमा ग्रीन इकोनोमिको विषयलाई अगाडि बढाएको स्पष्ट पारे । उपाध्यक्ष ढकालले महासंघले तालिमका लागि तालिमभन्दा पनि उद्योगहरुको मागका आधारमा कार्यस्थलमा आधारित तालिमलाई पनि मुख्य प्राथमिकता दिएको बताए ।

आउँदा दिनमा कार्यस्थलमा आधारित तालिमलाई थप प्रभावकारी बनाउन यस सम्बन्धी निर्देशिका बनाइएको उनले स्पष्ट पारे । यसले महासंघको सिंगो इको सिष्टम नै लाभान्वित हुने विश्वास उनले व्यक्त गरे । महासंघको प्रदेश च्याप्टरका अध्यक्ष शंकर बोगटीले कार्यक्रमबाट कार्यस्थलमा आधारित तालिम र दीगो आर्थिक विकासमा पर्यावरणको महत्व विषयमा सहभागीहरु बीच बुझ्न सहयोग पुगेको बताए ।

महासंघका वरिष्ठ परामर्शदाता हंसराम पाण्डेले कार्यस्थलमा आधारित सीप विकास तालिम निर्देशिका र वातावरण विज्ञ तथा परामर्शदाता डा। विजय थापाले ग्रीन इकोनोमिका पछिल्ला अभ्यास र नेपालले अवलम्वन गर्नुपर्ने उपायहरुका बारेमा आफनो प्रस्तुति दिएका थिए ।कार्यक्रममा आईएलकोका परामर्शदाता महेन्द्र प्रसाई र महासंघका उपनिर्देशक विदुरचन्द्र लामिछानेले आईएलओले महासंघसंग अगाडि बढाएका कार्यक्रम बारे जानकारी गराएका थिए ।

परियोजना अन्तरगत सदस्य वस्तुगत संघका लागि कार्यसंचालन विधि कार्यस्थलमा आधारित सिप विकास निर्देशिका र ग्रीन इकोनोमी एवं न्यायोचित परिवर्तन, नेपालमा लगानीका अवसर तथा चुनौती विषयमा अध्ययन प्रतिवेदन प्रकाशन गरिने कार्यक्रम छन् । करिव ७५ जना उद्यमी व्यवसायीहरूको सहभागिता रहेको सो कार्यक्रममा महासंघ प्रदेश च्याप्टर तथा संघका पदाधिकारीहरू, उद्यमी व्यवसायी, निर्माण, सीप विकास, संचारकर्मी, महिला उद्यमी लगायतको सहभागिता थियो ।

प्रकाशित : ३ कार्तिक २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह