काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाला सुन ७ सय रुपैयाँले प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन तोलामा एक हजार रुपैयाँले घट्दै १ लाख १५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ७ सय रुपैयाँले नै बढ्दै १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेकोे छ ।
यता चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । चाँदी तोलामा १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया