Logo

बैंक / बिमा /शेयर

सिटिजन्स बैंकले भूकम्प पिडितको सहायताका लागि २५ लाख सहयोग गर्ने


GDP नेपाल
   १९ कार्तिक २०८०, आइतबार


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जाजरकोट भूकम्पपीडितको राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

बैंकले भूकम्पपीडितको उद्धार र उपचारका निम्ति प्रधानमन्त्री दैवी प्रकोष उद्धार तथा राहत कोषमा २५ लाख प्रदान गर्ने निर्णय गरेको हो ।

बैंकले एक विज्ञप्ति जारी गर्दै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ, शिक्षालगायत क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको र भविष्यमा समेत यस्ता कार्यहरुमा सहयोग गर्ने बताएको छ । यस्तै, बैंकले भूकम्पमा परी ज्यान गुमाएका परिवारप्रति समवेदना र घाइतेहरूको स्वस्थ्यलाभको कामना गरेको छ ।

प्रकाशित : १९ कार्तिक २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह