Logo

कर्पोरेट-बजार

नेपाल एलपी ग्यास उद्योग संघले भूकम्प प्रभावितलाई निशुल्क ग्यास सिलिण्डर उपलब्ध गराउने


GDP नेपाल
   २० कार्तिक २०८०, सोमबार


नेपाल एलपी ग्यास उद्योग संघले भूकम्प प्रभावित परिवारलाई ग्यास प्रदान गर्ने भएको छ ।

संघका पदाधिकारीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्दै प्रभावितलाई ग्यास प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्तै, तीन सय थान ग्यास सिलिण्डर आजै प्रभावित क्षेत्रमा पुर्‍याइने संघका अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए । साथै सो अवसरमा उनले आवश्यकता अनुसार थप सहयोग गरी भूकम्प पीडीतलाई राहत उपलब्ध गराउने बताए । 

यसका साथै संघले प्रधानमन्त्री राहत कोषको खातामा ११ लाख एघार हजार एक सय ११ रुपैयाँ सहयोग जम्मा गरेको छ । 

सो भेटमा प्रधानमन्त्री दाहालले विपतको घडीमा एलपी ग्यास उद्योग संघले पुर्‍याएको सहयोगको प्रसंशा गरे ।

प्रधानमन्त्री दाहालसँगको भेटमा संघका अध्यक्ष घिमिरेले पेट्रोलियम ऐन जारी गर्नुपर्ने, नेपाल आयल निगमलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन गर्नुपर्ने लषायतका सुझाव दिए ।

प्रधानमन्त्री दाहालले विपद् व्यवस्थापनको काम सकिएपछि यस विषयमा छलफल गरिने प्रतिवद्धता जनाएको संघले जनाएको छ ।

 

प्रकाशित : २० कार्तिक २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह