नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ११ लाख ४१ हजार २५० कित्ता सेयर बिक्री खुला गरेको हो।
कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
त्यस्तै, कम्पनीले २७ लाख ५० हजार रुपैयाँ बराबरको २७ हजार ५०० कित्ता सेयर आफ्ना कर्मचारीका लागि र ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ।
बाँकी रहेको ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
यसमा सर्वसाधारणहरूले एक सय रुपैयाँ प्रतिकित्ता दरले न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्ता सम्म आवेदन दिन सक्नेछन् । आइपीओमा मंसिर १३ गते र ढिलोमा मंसिर २४ गतेसम्म आवेदन दिन सकिनेछ ।










प्रतिक्रिया