Logo

बैंक / बिमा /शेयर

इमर्जिङ नेपाल लिमिटेडले डाक्यो साधारण सभा


GDP नेपाल
   १३ मंसिर २०८०, बुधबार


इमर्जिङ नेपाल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । सभा मंसिर १५ गते बानेश्वर ब्यांकेट थापागाँउ, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

उक्त सभामा कम्पनीले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ८.४२ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर ६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, मंसिर ५ गतेसम्म कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।

प्रकाशित : १३ मंसिर २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह