Logo

कर्पोरेट-बजार

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै एक लाख १९ हजार ३ सय रुपैयाँ


GDP नेपाल
   १३ मंसिर २०८०, बुधबार


नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले बढेर एक लाख १९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ७५० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर १५ सय २० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला १५ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ०४३.८५ डलर र चाँदी प्रतिऔंस २४.९८ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित : १३ मंसिर २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह