Logo

कर्पोरेट-बजार

एनसेलबाट बाहिरिँदै मलेसियाली लगानीकर्ता, सेयर बिक्री गर्ने निर्णय


gdpnepal
   १३ मंसिर २०८०, बुधबार


काठमाडौं । मलेसियाको आजियाटा समूहले नेपाली दूरसञ्चार कम्पनी एनसेलमा रहेको सेयर बिक्री गर्ने भएको छ । बर्सेनि व्यापार खुम्चिँदै गएपछि एनसेलमा रहेकाे सबै सेयर बिक्री गर्ने आजियाटाले घोषणा गरेको हो ।

एनसेलमा आजियाटाको ८० प्रतिशत सेयर छ भने बाँकी २० प्रतिशत सुनिभेरा क्यापिटल भेन्चर प्रालिको सेयर रहेको छ ।

करिब सात वर्षअघि भित्रिएको आजियाटाले व्यावसायिक चुनौती बढेको भन्दै नेपालबाट बाहिरिने घोषणा गरेको हो । आजियटाले स्विडिस कम्पनी टेलिया सोनेरासँग एनसेलको स्वामित्व किनेको थियो ।

अजियाटाले हालै सार्वजनिक गरेको प्रतिवेदनमा एनसेलको प्रतिफल घट्दै गएको र यसले गर्दा अजियाटाको समग्र वित्तीय विवरण प्रभावित भएको उल्लेख गरिएको छ ।

आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले नेपालमा बढ्दो चुनौतीबीच संचालक समितिले नेपालबाट बाहिरिने निर्णय गरेको बताएका छन् ।

“नेपालको दृष्टिकोण बढ्दो चुनौतीपूर्ण छ, त्यसैले बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको छ र तदनुसार एनसेललाई बिक्रीको लागि राखिएको सम्पत्तिको रूपमा पुनः वर्गीकरण गरेको छ,” सुदले भनेका छन्, “हामी विश्वास गर्छौं कि यो कदमले आजियाटालाई हाम्रा रणनीतिक प्राथमिकताहरू पूरा गर्न अझ बलियो स्थितिमा ल्याउनेछ र यो हाम्रा सबै शेयरधनीहरूको दीर्घकालीन हितमा छ।”

प्रकाशित : १३ मंसिर २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह