Logo

बैंक / बिमा /शेयर

सिटिजन्स बैंक र इन्द्रेणी सुइट होटलबीच सम्झौता


GDP नेपाल
   १४ मंसिर २०८०, बिहिबार


सिटिजन्स बैंक इन्टरनेसनल र काठमाण्डौको नयाँबानेश्वरस्थित इन्द्रेणी सुइट होटल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् कम्पनीका कार्डबाहकले इन्द्रेणी सुइट होटलमा १० प्रतिशतसम्मको आकर्षक छूट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट ग्राहकहरु लाभान्वित हुनुका साथै नगदबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने कम्पनीले बताएको छ ।

कम्पनीले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको पनि बताएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छूट सम्बन्धी विस्तृत विवरणहरु कम्पनीको वेबसाइटमा प्राप्त गर्न सकिन्छ । कम्पनीले देशैभरका १८९ वटा शाखा, १४९ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट १६ लाख ७६ हजार ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको बताएको छ ।

प्रकाशित : १४ मंसिर २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह