काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता गगन थापाले लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन् ।
हाल अमेरिकाको हार्वर्ड विश्वविद्यालयका लिडरसीपसम्बन्धी २ हप्ते कोर्स अध्ययनरत रहेका नेता थापाले आइतबार ट्वीट गर्दै प्रधानमन्त्रीलाई बधाइ दिएका हुन् ।
उनले सम्मेलनपछिका दिनमा सरकारलाई सहयोग गर्न आफूहरु तयार रहेको पनि बताएका छन् । उनले लगानी सम्मेलनका सफलतालाई सार्थक बनाउन गर्नुपर्ने सही कामहरु सही समयमा गर्न आफूहरु सरकारको साथमा रहेको पनि बताएका छन् ।
ट्वीटमा भनिएको छ–
लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा २एः)ल्भउब िलाई धेरै बधाई ।
लगानी सम्मेलनका सफलतालाई सार्थक बनाउन गर्नुपर्ने सहि कामहरु सहि समयमा गर्न हामी सरकारको साथमा छौं ।
प्रतिक्रिया