Logo

कर्पोरेट-बजार

प्रतितोला १ लाख २१ हजार नाघ्यो सुनको मूल्य


GDP नेपाल
   १८ मंसिर २०८०, सोमबार


काठमाडौं । हप्ताको दोस्रो दिन आज पनि सुनको भाउ ८ सय रुपैयाँ बढेर १ लाख २१ हजार नाघेको छ । दिनदिनै नयाँ रेकर्ड बनाएको सुनको मूल्य प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयााँ कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले सुन महँगिएको हो । आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा सुनको कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख २१ हजार कायम भएको छ । 

नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा स्थिर छ ।

प्रकाशित : १८ मंसिर २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह