Logo

अर्थनीति

३ अंकले घट्यो सेयर बजार, १ अर्ब १९ करोडको कारोबार


GDP नेपाल
   १८ मंसिर २०८०, सोमबार


सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ३.४२ अंकले घटेर एक हजार ८४७.८१ विन्दुमा पुगेको छ ।

बैंकिङ ७, होटल तथा पर्यटन ९, जलविद्युत् २, उत्पादन १७, व्यापार १२, अन्य ८ र माइक्रोफाइनान्स उपसमूह १ अंकले घटेको छ । यस्तै, विकास बैंक १, फाइनान्स ८, जीवन बीमा ९८ र निर्जीवन बीमा उपसमूह ३४ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र माउन्टेन इनर्जी नेपालको सेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि आज समाज लघुवित्तको सेयर ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यस दिन २९२ कम्पनीको ३८ लाख ९६ हजार कित्ता सेयर १ अर्ब १९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ७ करोड ४६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : १८ मंसिर २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह