काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से २३.८३ अंकले बढेर दुई हजार ९६०.४० विन्दुमा पुगेको छ ।
आज बैंकिङ १०, विकास बैंक ८९, फाइनान्स १३, हाइड्रोपावर ५२, उत्पादन ८८ र व्यापार उपसमूह ३४५ अंकले बढेको छ । त्यस्तै, आज होटल तथा पर्यटन १३, जीवन बीमा ५१, माइक्रोफाइनान्स २४, निर्जीवन बीमा ४ र अन्य उपसमूह ४ अंकले घटेको छ।
आज सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको सेयर ६.५६ प्रतिशतले घटेको छ ।
यस दिन ३४१ कम्पनीको तीन करोड ५८ लाख कित्ता सेयर १४ अर्ब ८३ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया