Logo

कर्पोरेट-बजार

आर्थिक स्थायीत्वका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य: चेम्बर अध्यक्ष मल्ल


GDP नेपाल
   १९ मंसिर २०८०, मंगलबार


नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक स्थायीत्वका लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । भक्तपुर चेम्बर अफ कमर्सको छैठौं साधारण सभा एवं तेस्रो अधिवेशनलाई सम्वोधन गर्दै अध्यक्ष मल्लले आर्थिक स्थायीत्वका लागि सरकार र निजीक्षेत्रबीचको सहकार्य महत्वपुर्ण रहेको बताउनु भएको हो ।

अध्यक्ष मल्लले भन्नुभयो, ‘अर्थतन्त्रको दिगो विकासका लागि ठोस गृहकार्य गरिनुपर्दछ । सरकारी तर्फबाट भएका कमजारीलाई पनि सुधार गरिनुपर्दछ । करको दायरामा आउने कुरामा निजी क्षेत्र पनि उदार हुनुपर्दछ, ।’

मुलुकमा पछिल्लो समय आर्थिक सूचकहरु सकारात्मक भएपनि निजी क्षेत्र र आम सर्वसाधरणले त्यसको व्यवहारिक अनुभूती गर्न नसकेको अध्यक्ष मल्लको भनाई छ । मुलुकमा उद्योगिक एवं व्यवसायिक वातावरण बन्न नसक्नुको कारणबारे गम्भिर समिक्षा गर्नुपर्ने बेला आएको अध्यक्ष मल्लको भनाई छ ।

सरकारले गर्ने खर्चमा मितव्ययिता अपनाउन आवश्यक रहेकोमा अध्यक्ष मल्लले जोड दिनुभयो । अध्यक्ष मल्लले भन्नुभयो, ‘सरकारले चालु खर्चमा मुठी कस्नुपर्ने बेला आएको छ । ऋण लिएर चालु खर्च गर्नुपर्ने अवस्था आउनु मुलुकका लागि सकारात्मक हैन । खर्च पारदर्शिता कायम गर्न आवश्यक छ, । ’

बजेटमा महत्वकांक्षी कार्यक्रमहरु घोषणा भएपनि कार्यन्वयन योजना प्रभावकारी हुन नसक्दा समस्या भएको अध्यक्ष मल्लको भनाई छ । सरकार फेरिएसंगै नीतिहरु फेरिनाले पनि अर्थतन्त्र संघै अस्थिर हुनेगरेको अध्यक्ष मल्लले बताउनुभयो । अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबाट साना तथा मझौला उद्योग सवै भन्दा बढी प्रभावित भएको अध्यक्ष मल्लले बताउनुभयो ।
अर्को प्रसंगमा अध्यक्ष मल्लले भक्तपुरलाई अन्तराष्ट्रिय पर्यटक आर्कषणको केन्द्र बनाउनुपर्नेमा जोडदिनुभयो ।

प्रकाशित : १९ मंसिर २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह