Logo

कर्पोरेट-बजार

निजी क्षेत्रको लगानीले मुलुकको आर्थिक क्षेत्रमा सन्तुलन: उपसभामुख राना


GDP नेपाल
   २० मंसिर २०८०, बुधबार


काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले निजी क्षेत्रको लगानीले मुलुकको आर्थिक क्षेत्रलाई सन्तुलनमा ल्याएको बताएकी छन् ।

आज राजधानीको ठमेलमा होटल कैलाश कुटी सञ्चालनको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले देश सरकार एक्लैले चलाएर नचल्ने भएको निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको भनाइ राखिन् ।

उनले भनिन्, ‘देश सरकारले चलाएर मात्रै हुने होइन, निजी क्षेत्रले लगानी गरेर यो देशमा सन्तुलनमा ल्याएको छ । सम्पूर्ण व्यापारीलाई भन्न चाहन्छु नेताहरुसँग समय बिताउनु भन्दा उनीहरुलाई खुवाउनुभन्दा कर तिर्नु । हामी बजेट भएन भन्छौ तर त्यो बजेट कहाँबाट आउँछ त्यो बुझ्नु पर्छ ।’

यस्तै, उनले युवाहरुलाई उद्यमी बनाउनका लागि सरकारले त्यहीअनुसारको विधेयक र सहज वातावरण बनाउनु पर्ने पनि बताइन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले लगानीका लागि नेपालमा जस्तो अवसर अरु कुनै देशमा नभएको भन्दै नकारात्मक पक्ष मात्रै नहेर्न आग्रह गरे ।

परम्परागत रुपमा भएका नियम कानुनहरु सच्चाएर नयाँ पद्धतिमा जानुपर्ने भन्दै उनले त्यसमा निजी क्षेत्र सहयोग गर्न तयार रहेको पनि भनाइ राखे ।

उनले भने, ‘कुरा गर्ने समय धेरै भयो, यो भएन त्यो भएन भन्ने कुरा होइन । नेपालमा जस्तो अवसर अरु कुनै देशमा छ जस्तो मलाइ लाग्दैन । त्यसकारण नेपालमा लगानी गर्नुपर्छ । हाम्रो परम्परागतरुपमा भएका नियमकानुनहरु सच्चाउनुपर्ने छ । त्यसमा निजी क्षेत्रका तर्फबाट हामी साथ र सहयोग गर्छौ । नेपालमा धेरै सम्भावना छ नकारात्मक कुराहरु मात्रै नगरौं ।’

प्रकाशित : २० मंसिर २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह