काठमाडौं । राष्ट्र बैंकले नेपालमा यो वर्ष आर्थिक वृद्धि ४ देखि ५ प्रतिशतमै सीमित हुने प्रक्षेपण गरेको छ ।
संघीय संसदको अर्थ सीमितमा मौद्रिक नीतिको हालसम्मको कार्यान्वयन र उपलब्धि विवरण पेस गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशत मात्र आर्थिक वृद्धि आकलन गरिएको जानकारी दिएका हुन् ।
उनले भने ‘आर्थिक वर्ष २०८०/८१ को वजेटले, ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । चालु आर्थिक वर्षमा पर्यटक आगमन र विप्रेषण आप्रवाह उल्लेख्य रुपमा बढेको, व्याजदर घटिरहेको र कर्जा प्रवाह बढ्न सुरु गरेकोले चालु आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आकंलन गर्न सकिन्छ ।’
गत वर्ष ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेकोमा २.१६ प्रतिशतमा खुम्चिएको थियो। सरकारले, आर्थिक वर्ष २०८०/०८१ को बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ।
त्यस्तै उनले तरलतामा आएको सुधारले कर्जा प्रवाह थप बढ्ने विश्वास व्यक्त गरे ।
‘तरलतामा आएको सुधार र व्याजदर घट्दै गएकोले कर्जा प्रवाह थप बढ्ने देखिन्छ । मौद्रीक नीतिको लचक कार्यदिशा र तरलतामा आएको सुधारले अल्पकालिन र दिर्घकालिन व्याजहरु घटिरहेका छन् ।’ उनले भने ।
प्रतिक्रिया