सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवलस्थित इनलाइटन मोटर्सबीच बीवाईडी ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्दा ग्राहकहरूलाई सहुलियत दरमा ऋण दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
बैंक र कम्पनी बीचको यो सम्झौतामा बीवाईडी ब्रान्डका इलेक्ट्रोनिक सवारीका सम्भावित खरिदकर्ताहरूलाई विशेष सहुलियत दरमा कर्जा रकम उपलब्ध गराउने समझदारी भएको छ । यस सम्झौता अनुरुप ग्राहकले केवल १ प्रतिशत प्रिमियम दरमा अधिकतम ८०५ सम्म र अधिकतम ८ वर्ष सम्मका लागि सवारी कर्जा (अटोलोन) उपभोग गर्न पाउनेछन् । कर्जाको भुक्तानी समान मासिक किस्तामा हुनेछ । यो योजनामा शर्तहरु लागु हुनेछन् ।
प्रतिक्रिया