काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली हस्तकलाबाट बनेका सामग्री सीपमा आधारित मौलिक उत्पादन भएकोले यसको प्रतिलिपि अधिकार समयमै सुरक्षित गर्नुपर्ने बताएका छन् ।
बिहीबार हस्तकला दिवसको अवसरमा आयोजित बीसौ हस्तकला व्यापार मेला तथा १८औं हस्तकला प्रतियोगिताको उद्घाटन गरेका उनले नेपाली हस्तकलाका सामग्री कतिपय जातजातिको पुर्ख्यौली पेशाको रुपमा रहेको र मौलिक सीपमा आधारित उत्पादन भएकाले बेलैमा प्रतिलिपि अधिकार पनि सुरक्षित गर्नुपर्नेमा जोड दिए ।
‘नेपाली हस्तकलाका धेरैजसो सामग्रीहरु हाम्रा विभिन्न जातजातिहरुको पुर्ख्यौली पेशा र सीपमा आधारित मौलिक उत्पादन भएकोले सजिलै यसको नक्कल हुन सक्दैन’ राष्ट्रपति पौडेलले भने, ‘यसप्रकारका उत्पादनको प्रतिलिपि अधिकार पनि समयमै सुरक्षित गर्नेतर्फ ध्यान दिनु जरुरी छ ।’
उनले हस्तकलालाई समयसापेक्ष बनाएर नयाँ पुस्तामा हस्तान्तरण गर्दै विकास गर्न आवश्यक भएको पनि उल्लेख गरे । हस्तकलाले नेपाली वस्तुको पहिचानलाई विश्वभर फैलाउन योगदान गर्ने उनको भनाई छ ।
‘प्रत्यक्ष–अप्रत्यक्ष गरी झन्डै ११ लाख व्यक्तिहरुलाई रोजगारी दिएको यो क्षेत्र अर्थ व्यवस्थाको पहिचानमा आधारित उद्योग व्यवस्था भएको हुँदा यसको उत्पादनले मुलुकको पहिचान विश्वभर फैलाउन योगदान पुर्याउँछ’ राष्ट्रपति पौडेलले भने ।
विश्वका ८५ देशमा नेपाली हस्तकलाबाट उत्पादित सामग्री निर्यात भैरहेको अवस्थामा नेपालमा विदेशी मुद्रा आजर्न गर्ने प्रमुख क्षेत्र हस्तकला व्यवसाय भएको उनको धारणा छ ।लटकन, चोकर र जस्ता लोकप्रिय महिला नेकलेसहरू प्रदान गर्दै chain necklace. कुनै पनि अवसरको लागि विभिन्न धातु र रत्नहरूका गहनाहरू किन्नुहोस्
उनले यो क्षेत्रको प्रवर्द्धन गर्न हस्तकला उद्योगमैत्री आवश्यक नीति, ऐन, कानून निर्माण गरी उत्पादिन वस्तुहरुको देशभित्रै पनि बजार विस्तार गर्ने वातावरण निर्माण गर्नमा सरकारका सबै निकायले सहयोग गर्नुपर्ने बताए ।
प्रतिक्रिया