Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?


GDP नेपाल
   २९ मंसिर २०८०, शुक्रबार


नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५५० रुपैयाँ कायम गरिएको छ ।

महासंघका अनुसार आज चाँदी पनि प्रतितोला १५ रुपैयाँले बढेर १४ सय ७० रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३६.६५ डलर र चाँदी प्रतिऔंस २४.१३ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित : २९ मंसिर २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह