Logo

कर्पोरेट-बजार

हस्तकला महासंघद्वारा जेष्ठ तथा वरिष्ठ कलाकारलाई सम्मान


GDP नेपाल
   १ पुस २०८०, आइतबार


२० औ हस्तकला व्यापार मेला तथा १८ औ क्राफ्ट प्रतियोगीताको तेस्रो दिन हस्तकला व्यवसायलाई आजको दिनसम्म ल्याउन अथक मेहनत र परिश्रम गर्ने जेष्ठ तथा वरिष्ठ कलाकारहरुलाई सम्मान गरिएको छ ।नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं वस्तुगत परिषद्का सभापति हेमराज ढकालको प्रमुख आतिथ्यतामा जेष्ठ एवं वरिष्ठ कलाकारहरुलाई सम्मान गरिएको हो ।

उक्त सम्मान कार्यक्रममा उपाध्यक्ष ढकालले नेपाली हस्तकलाले नेपालको कला संस्कृतिको जगेर्ना गर्दै नेपाली वस्तुहरुलाई आन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चिनारी गर्न सफल हुनुमा वृद्ध एवं जेष्ठ कलाकारहरुको योगदान अतुलनिय रहेको बताए । उनले हस्तकला क्षेत्रको विकास र विस्तारका लागि नेपाल उद्योग वाणिज्य महासंघसधैँ व्यवसायीहरुको साथमा रहेको जनाए । यस्तै, उनले नेपाली कला संस्कृतिलाई जीवन्त राख्न जेष्ठ एवं वरिष्ठ कलाकारहरुलाई सम्मान र मायाको खाँचो रहेको समेत औल्याए । उनले विदेशी खरिदकर्ताहरुलाई हस्तकलाको छुट्टै पवेलियन नै बनाई हस्तकला प्रवर्द्धनमा जोड दिन संघिय, प्रदेश र स्थानिय निकायसमक्ष आग्रह गरे ।

यस्तै, कार्यक्रममा हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले अग्रजहरुको साथ र सहयोगले नै यो व्यवसायलाई जीवन्त राख्न सफल भएको बताए । “हस्तकला व्यवसाय क्षेत्रको विकास र विस्तारका लागि नेपाल सरकार र निजी क्षेत्रका छाता संगठनहरुको भूमीका महत्वपूर्ण रहेको छ”, शाक्यले भने ।

सो समारोहमा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष सनम शाक्यले सबै कलाकारहरु आ आफ्नो ठाउँमा योग्य भएकाले आफूहरुलाई जेष्ठ तथा वरिष्ठ कलाकार छनौट गर्न नै ज्यादै मुस्किल भएको बताए । वरिष्ठ कलाकार छनौट समीतिलाई सम्पूर्ण अख्तियारी दिएको बताउँदै उनले समीतिको निर्णय अनुसार आफूहरुले जेष्ठ तथा वरिष्ठ कलाकारहरुलाई सम्मान गर्न पाउँदा निकै खुसी भएको शाक्यले जनाए

मेला मंसिर १८ गतेदेखि पुष २ गतेसम्म दरबारमार्ग स्थित होटल अन्नपूर्णमा भइराखेको छ ।

प्रकाशित : १ पुस २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह