Logo

कर्पोरेट-बजार

जडिबुटीजन्य वस्तु उत्पादन तथा प्रशोधनलाई प्रोत्साहन गर्न जरुरी: अध्यक्ष मल्ल


GDP नेपाल
   ५ पुस २०८०, बिहिबार


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले एक्सपो मेलाले नेपालमा उत्पादित जडिबुटिजन्य वस्तुहरुलाई प्रशोधन र प्रवर्द्धन गर्न मद्दत गर्ने बताएका छन् ।

तेस्रो नेपाल फार्मा एण्ड हेल्थ इन्टरनेशनल एक्स्पो २०२३ को अनुगमन गर्ने क्रममा उनले भारतीय व्यवसायीहरुले मेला मार्फत नेपालमा लगानी गर्ने चाहना व्यक्त गरेको भन्दै यसले दुवै देशलाई फाइदा हुने बताए ।

उनले भने, ‘यो मेलामा आएका भारतीय उद्यामी व्यवसायहरुलाई नेपाली कम्पनीहरुसँग बिटुबिको मार्फत व्यवसाय पनि गर्न पाउने अवसर प्रदान गर्नुको साथै हामीले पनि नेपालमा उत्पादित जडिबुटिजन्य कुराहरुलाई प्रशोधन र प्रवद्र्धन गरेर स्वदेश र निर्यात गर्ने किसिमको कम्पनीहरु पनि रहेको हुनाले यो एकदमै सकारात्मक छ ।’

नेपालको अर्थतन्त्र सुस्त रहेको अवस्थामा यो मेलाले मेडिकल टुरिजमदेखि हरेक क्षेत्रको विकास गर्न सहयोग गर्ने पनि उनको भनाई छ ।

उनले आगामी दिनमा भारतीय कम्पनीहरुसँग नेपाल चेम्बर अफ कमर्श सहकार्य गरेर मुलुकको उत्तपादन विधिको लागि काम गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

प्रकाशित : ५ पुस २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह