भूकम्पबाट पीडित जाजरकोटका बालबालिकाहरुका लागि नेपाल रत्न तथा आभूषण संघले तीन सय पिस न्यानो ब्लाङ्केट, स्टेशनरी सामाग्री तथा स्थानीय महिलाका लागि स्यानेटरी प्याड उपलब्ध गराएको छ ।
संघले जाजरकोटको बारकोट गाँउपालिका वडा ९ मा रहेको पूर्णज्योति प्रा.वि द्धारा संचालित न्यानो कार्यक्रम २०८० मा आबद्ध भई पीडित विद्यार्थीहरुलाई सहयोग गरेको हो ।
सो अवसरमा रत्न तथा आभूषण संघका केन्द्रिय सदस्य एवं संघद्धारा गठित सिएसआर टिमका संयोजक लोप्साङ छोडेन शेर्पा लामाले कार्यक्रममा आबद्ध भएर बालबालिकालाई सहयोग गर्न पाउनु असाध्यै खुसीको कुरा रहेको बताइन् ।
‘हाम्रो अथक मिहिनेत, हाम्रा सदस्य ज्वेलर्स साथीहरुको सहयोग र संघको सक्रियताले भूकम्प पीडितहरुलाई थोरै भएपनि सहयोग गर्न पाउनु गर्भको कुरा हो’, उनले भनिन् ।
यस्तै, सामाजीक उत्तर दायीत्व अन्तर्गत संघले विगतका दिनहरुदेखि नै यस प्रकारको सहयोग गर्दै आइरहेको संघका संस्थापक अध्यक्ष शुरेशमान श्रेष्ठले बताए ।
प्रतिक्रिया