Logo

विकास / पूर्वाधार

२५ वर्षसम्म अरुण–थ्रीको रहस्य गर्भमै : एमालेले ओपेकबाट कति करोड पाएको थियो ?


appharu
   २९ बैशाख २०७५, शनिबार


काठमाडौं । भनिन्छ– १२ वर्षपछि खोलो पनि फर्किन्छ । तर, नेपालमा खोलो फर्किन १२ हैन यसको दोब्बरभन्दा पनि बढी अर्थात २५ वर्ष लागेको छ । र, त्यो खोला हो पूर्वी नेपालको अरुण !


अरुण तेस्रो आयोजनामा विश्व बैंकले लगानी गर्ने निश्चितप्रायः भइसकेपछि नेपालमा केही वातावरणवादी र अधिकारवादी भनिनेहरु विभिन्न बहाना देखाएर यसलाई भाँड्न लागिपरेका थिए । तर, उनीहरुको झिनो विरोधले गिरिजाप्रसाद कोइराला सरकारको दाल गल्नेवाला थिएन ।
त्यसै पनि कडा स्वभावमा प्रधानमन्त्री कोइराला र उनका विश्वासपात्र तत्कालीन जलस्रोत राज्यमन्त्री लक्ष्मण घिमिरेमात्र नभइ अर्थ राज्यमन्त्री महेश आचार्य र योजना आयोगका उपाध्यक्ष डा. रामशरण महतसम्मको कुशल टीमका कारण अरुणमा लगानी गर्न विश्व बैंक राजी भएको थियो ।
अतिवादीहरुमाथि फन्डिङ भने तेल उत्पादक राष्ट्रहरुको संगडन ओपेकलगायतका केही वातावरणवादीहरुले गरेका थिए ।

किनकी नेपालमा एउटा ठूलो आयोजना बन्नेवित्तिकै धेरै अन्य आयोजनाहरु पनि बन्ने थिए र यसले भारत, वंगलादेशसम्मको माग धानेपछि पेट्रोलियम पदार्थ खपतमा निकै कमी आउने थियो । त्यसैले ओपेकबाट परिचालित अधिकारकर्मीहरुको आवाज बलियो बन्न नसकेपछि यसमा प्रवेश गराइयो– नेकपा एमाले ।


गिरिजाप्रसाद कोइरालाले संसद विघटन गरेर नयाँ निर्वाचन घोषणा गरिसकेकाले एमाले निकै प्रेसरमा थियो । एकातिर लोकप्रिय नेता मदन भण्डारीको दूर्घटना र अर्कोतर्फ पार्टी चरम आर्थिक संकटमा भएकाले एमालेले निर्वाचनका लागि त्यतिबेला करोडौं रकम ओपेकबाटै प्राप्त गरेको थियो । त्यसैले एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई विश्व बैंकको हेडक्वार्टरमा पत्र लेख्न लगाएरै आयोजनालाई थप विवादित बनाउन ओपेक सफल भयो र मतियार बन्यो एमाले ।

अरुण थ्रीलाई रोकेबापत ओपेकबाट एमालेले कति पायो ? अहिलेसम्म रहस्यको गर्भमै छ । तर, जानकारहरुका अनुसार एमालेले २५ करोड रुपैयाँ प्राप्त गरेको थियो र उक्त रकम परिचालन गरी २०५१ को मध्यावधी निर्वाचनमा एमाले पहिलो पार्टी बनेको हो ।

अरुण थ्री समयमै बन्न सकेको भए बुट मोडलअनुसार अबको ५ वर्षमै नेपालले यो आयोजनाको शतप्रतिशत सेयर हिस्सा पाइसक्थ्यो भने नेपालले विगतको जस्तो १९ घन्टासम्म कहालीलाग्दो लोडसेडिङ बेहोर्नु पर्ने पनि थिएन ।


संयोग भनौं या नियति, अरुण थ्रीको शिलान्यास एमालेकै अध्यक्ष केपी शर्मा ओलीको हातबाट भएको छ । विगतमा लामो समय माधवकुमार नेपालकै नजिक रहेर काम गरेका ओलीले विगतको गल्ती सच्याएर अब आयोजनालाई समयमै निर्माण सम्पन्न गर्ने भूमिका निर्वाह गर्न सकुन्, शुभकामना ।

प्रकाशित : २९ बैशाख २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह