पूर्वाञ्चल ल्यूव आयल लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ ।
आइपीओ जारी गर्ने प्रस्ताव सहित कमपनीले पुस २९ गते कम्पनीको रजिष्टर्ड कार्यालय, सुन्दरहरैँचा ९, मोरङ्गमा बिहान ११ बजे सभा बोलाएको हो ।
सभामा आइपीओ जारी गर्ने प्रस्ताव पेश हुनेछ । त्यसैगरी, सेयरधनीलाई बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ ।साधारण सभाबाट आइपीओ जारी गर्ने प्रस्ताव पारित भएपछि थप प्रक्रिया अघि बढ्न सक्नेछ ।
कम्पनीले बिक्री प्रबन्धक नियुक्त गरी धितोपत्र बोर्डमा आवेदन दिनेछ । बोर्डबाट अनुमति पाएपछि आइपीओ खुलाको प्रक्रिया अघि बढ्ने गर्छ ।
प्रतिक्रिया