नेपाल उद्योग परिसंघ (सिएनआई) ले विवादित समयमा पनि नियमित बिल तिरिरहेका उद्योगको बिजुली काट्नु उचित नभएको बताएको छ ।
डेडिकेटेड तथा ट्रंकलाइन विवादबारे सोमबार पत्रकार सम्मेलन गर्दै परिसंका अध्यक्ष राजेश अग्रवालले विवादित समयमा पनि नियमित बिल तिरिरहेका उद्योगको बिजुली काट्नु उचित नभएको बताएका हुन् । अग्रवालले विवाद समाधान गर्नुपर्ने बेला नेपाल विद्युत प्राधिकरणले उद्योगको लाइन काटेर गलत काम गरेको जनाए ।
यस्तै नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले उद्योगधन्दाहरु बन्द हुँदै गइरहेको अवस्थामा सरकारले निकास दिनुपर्ने ठाउँमा हठातमा बिजुलीको तार काट्ने निर्णय गरेर विनाशतर्फ राज्य लागेको आरोप लगाए । उनले सरकारको यो निर्णय खेदजनक रहेको बताए ।
पत्रकार सम्मेलनमा चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले सरकारको अपरिपक्व निर्णयले गर्दा बजार र उद्योग क्षेत्रलाई अफ्ठ्यारो पर्ने बताए । उनले सरकारले उच्चस्तरीय अधिकार सम्पन्न समिति बनाइ यसको निकास दिनुपर्ने बताए ।
प्रतिक्रिया