Logo

कर्पोरेट-बजार

हिमालयन एयरलाइन्सद्वारा काठमाडौं–ल्हासा उडान सुरु


GDP नेपाल
   १२ पुस २०८०, बिहिबार


हिमालयन एयरलाइन्सले आजदेखि नेपाल–ल्हासा सिधा हवाई उडान सुरु गरेको छ ।

राजधानीमा आयोजीत एक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले काठमाण्डौ–ल्हासा उडानको उद्घाटन गरेका हुन् । किरातीले नेपाल–ल्हासा सिधा हवाई उडानले चीन र नेपालको सम्बन्ध थप उचाईमा पुग्ने र पर्यटनसँगै निर्यात प्रवर्द्धनमा विशेष सहयोग पुग्ने बताए ।

पहिलो आउटबाउन्ड उडान, एचनाइन ७७४ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ८ः४० बजे प्रस्थान गरेको र ल्हासा गोङ्गार विमानस्थलमा स्थानीय समय अनुसार दिउसो १२ बजे अवतरण गर्ने छ । यस उडानको अवधि १ घण्टा २० मिनेटको रहनेछ । पहिलो उडानमा कूल यात्रु संख्या १३६ रहेको हिमालय एयरलाइन्सले जनाएको छ ।

यस्तै, जनवरी १ देखि एयरलाइन्सले हरेक सोमबार ल्हासा उडान भर्नेछ ।

गएको चैत १५ मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा नेपालले चिनियाँ सेवा पुनः सञ्चालनका लागि प्रस्ताव गरेको थियो।

प्रकाशित : १२ पुस २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह