Logo

बैंक / बिमा /शेयर

निफ्राले बोलायो साधारण सभा


GDP नेपाल
   १५ पुस २०८०, आइतबार


नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले साधारण सभा बोलाएको छ ।

सभा पुस १७ गते अनुपम फुडल्याण्ड एन्ड ब्यांक्वेवट, बत्तिसपुतली, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले ४.२१०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।

यस्तै, सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

सभामा आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । बैंकको प्रबन्धपत्र संशोधन गर्ने र सोका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । संस्थापक समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस ५ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रकाशित : १५ पुस २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह