Logo

अर्थनीति

सुस्त अर्थतन्त्रः १२ प्रतिशत माग घट्दा ५५.३२% व्यवसायीले लगानीको योजना रोके


gdpnepal
   १६ पुस २०८०, सोमबार


काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बजारमा उपभोग्य वस्तुको माग १२ प्रतिशत घट्दा ५५.३२ प्रतिशत व्यवसायीले लगानी विस्तारसम्बन्धी योजना रोकेका छन् ।

नेपाल उद्योग परिसंघले गरेको चालू आवको पहिलो त्रैमासको सर्भेक्षणअनुसार समग्र बजार माग यसरी नै खस्किएको देखिएको छ । प्रतिवेदन अनुसार कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ भने उद्योगको कच्चा पदार्थको आयातमा समेत गिरावट आएको देखिन्छ ।

परिसंघले आर्थिक वर्ष २०७९–८० मा मुलुकको अर्थतन्त्रको वास्तविक अवस्थाको पहिचान गर्न अघिल्लो आर्थिक वर्षमा समेत एक सर्वेक्षण गरेको थियो । सोही सर्वेक्षणको दोस्रो संस्करणका रुपमा परिसंघले यस वर्ष पनि अघिल्लो र चालु आर्थिक वर्षको पहिलो त्रैमासको तुलनात्मक अध्ययन सर्वेक्षण गरेको हो ।

सर्वेक्षणमा विगत तीन आर्थिक वर्षको पहिलो त्रैमासको तुलनात्मक अध्ययन गरिएको छ । सर्वेक्षणअनुसार औद्योगिक उत्पादनको समग्र बजार मागमा अघिल्लो वर्ष २८.२८ प्रतिशतले ह्रास आएको थियो । यो चालू आर्थिक वर्षको सोही अवधिमा थप १२.०६ प्रतिशतले घटेको देखिएको छ ।

आर्थिक वर्ष २०७८–७९ को सोही अवधिको तुलनामा २०८०–८१ मा लद्योगहरूको समग्र मागमा कूल ३६.९३ प्रतिशतले संकुचन आएको छ । यसैगरी उद्योगहरूको कारोवार रकम अघिल्लो वर्ष २४.९४प्रतिशतले घटेकोमा चालु आर्थिक वर्षको समान अवधिमा थप ७.४६ प्रतिशतले घटेको देखिन्छ । आर्थिक वर्ष २०७८–७९ को तुलनामा यो कूल ३०.५४ प्रतिशतले खुम्चिएको छ ।

पछिल्लो दुई वर्षअघिबाट सुस्त बनेको अर्थतन्त्रको वास्तविकता लामो समयपछि स्विकार गरेको नेपाल सरकार तथा नियामकीय निकायले पछिल्ला केही महिनायता अर्थतन्त्रमा सुधार आएको तर्क गर्दै आएका छन् ।

अर्थतन्त्रको वाह्य क्षेत्रको तथ्यांकलाई यसको आधार बनाइएको छ । सरकारको यस्तो तथ्यांक र जिकिरलाई जनस्तर, निजी क्षेत्र एवं संचारमाध्यमहरुले गरिरहेको अनुभव तथा तथ्य–विश्लेषणहरुसँग मेल नखाइरहेको अवस्थामा अर्थतन्त्रको वास्तविकता आकलन गर्न नेपाल उद्योग परिसंघ (सीएनआई) ले उद्योग व्यवसायस्तरमा एक सर्वेक्षण गरेको छ ।

परिसंघको यस सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार आएको देखिँदैन ।

समग्र बजार मागमा अघिल्लो वर्ष २८.२८ प्रतिशतले ह्रास आएको थियो । यो चालु आर्थिक वर्षको सोही अवधिमा थप १२.०६ प्रतिशतले घटेको देखिएको छ ।

आर्थिक वर्ष २०७८–७९ को सोही अवधिको तुलनामा २०८०–८१ मा लद्योगहरूको समग्र मागमा कूल ३६.९३ प्रतिशतले संकुचन आएको छ । यसैगरी उद्योगहरूको कारोवार रकम अघिल्लो वर्ष २४.९४प्रतिशतले घटेकोमा चालु आर्थिक वर्षको समान अवधिमा थप ७.४६ प्रतिशतले घटेको देखिन्छ ।

आर्थिक वर्ष २०७८–७९ को तुलनामा यो कूल ३०.५४ प्रतिशतले खुम्चिएको छ । अर्थतन्त्रको प्रतिकूल अवस्थाका कारण गतवर्ष नै उद्योगी–व्यवसायीको मनोबल कमजोर बनेको देखिएको थियो, जुन चालु वर्ष समेत यथावत रहेको देखिएको छ ।

सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षमा ६९.४४प्रतिशत उद्योगी–व्यवसायीले आफ्नो लगानीका योजनाहरू स्थगित गरेको जनाएका थिए भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५.३२ प्रतिशत उद्योगी व्यवसायीहरूले आफ्ना लगानीका योजनाहरू स्थगित गरेको जनाएका छन् । यसबाट सरकारले दाबी गरे अनुसार अर्थतन्त्रको अवस्थामा सुधार नआएको हाम्रो बुझाइ रहेको छ ।

क्षेत्रगत रुपमा सिमेन्ट उत्पादकहरूले सर्वेक्षणमा जनाए अनुसार उद्योगको समग्र मागमा अघिल्लो वर्षको तुलनामा थप ७.३६ प्रतिशतले संकुचा आएको छ । अघिल्लो वर्षको सोहि समयमा यो ४०.१७ प्रतिशतले घटेको थियो ।

आर्थिक वर्ष २०७८–७९ संगको तुलनामा हाल सिमेन्टको समग्र मागमा कूल ४४.५७ प्रतिशतले गिरावट आएको देखिन्छ । यसैगरी यस्ता उद्योगको कारोबार रकममा अघिल्लो वर्ष ३९ प्रतिशतले संकुचन आएकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा थप ९.५४ प्रतिशतले गिरावट आएको देखिन्छ ।

आर्थिक वर्ष २०७८–७९ को तुलनामा २०८०–८१ मा कारोबार रकममा कूल ४४.८२ प्रतिशतले संकुचन आएको देखिएको छ ।

परिसंघको सर्वेक्षण अनुसार अघिल्लो आर्थिक वर्षमा ८३.३३ प्रतिशत सिमेन्ट उत्पादकहरूले आफ्नो लगानीको योजना स्थगित गरेको जनाएका थिए भने चालु आर्थिक वर्षको पहिलो त्रैमशमा ६२.५० प्रतिशतले आफ्नो लगानी योजना स्थगित गरेको जनाएका छन् ।

निर्माण व्यवसाय क्षेत्रका उद्योगी व्यवसायीले सर्वेक्षणमा दिएको प्रतिक्रिया अनुसार यस क्षेत्रको समग्र माग अघिल्लो वर्षको तुलनामा थप १६.२० प्रतिशतले घटेको छ ।

अघिल्लो वर्ष सोहि अवधिमा यो ४३.४३ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०७८–७९ को तुलनामा २०८०–८१ मा यस क्षेत्रको समग्र मागमा कुल ५२.५९ प्रतिशतले संकुचन आएको पाइएको छ । यसैगरी यस क्षेत्रका उद्योगहरूको कारोबार रकम अघिल्लो वर्ष ४३.७१ प्रतिशतले घटेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा थप २०.८० प्रतिशतले घटेको देखिन्छ ।

आर्थिक वर्ष २०७८–७९ संगको तुलनामा आर्थिक वर्ष २०८०–८१ मा यस क्षेत्रको समग्र कारोबार रकममा कूल ५५.४२ प्रतिशतले संकुचन आएको देखिएको छ । यस्तै यस क्षेत्रका उद्योगहरूमा ३३.३३ प्रतिशतले लगानी स्थगित गरेको जनाएका छन् भने गत वर्ष ५३.८५ प्रतिशत उद्योगी व्यवसायीले आफ्नो लगानी विस्तारको योजना स्थगन गरेका थिए ।

अघिल्लो वर्षको पहिलो त्रैमासमा एफएमसिजी क्षेत्रको माग २.५० प्रतिशतले बढेको थियो तर यस वर्ष १७.७० प्रतिशतले गिरावट आएको देखिएको छ । यसरी अघिल्लो वर्ष सकारात्मक रहेको क्षेत्र समेत यस वर्ष नकारात्मक देखिएको छ ।

आर्थिक वर्ष २०७८–७९ को तुलनामा २०८०–८१ मा यस क्षेत्रको समग्र मागमा कूल १५.६४ प्रतिशतले संकुचन आएको देखिएको छ । यसै गरी यस क्षेत्रको कारोबार रकममा अघिल्लो वर्ष १२.२५ प्रतिशतले बढेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा १८.५० प्रतिशतले घटेको देखिन्छ ।

आर्थिक वर्ष २०७८–७९ को तुलनामा २०८०–८१ मा समग्र कारोबार रकममा ८.५२ प्रतिशतले संकुचन आएको छ । सर्वेक्षण अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाशमा ४१.६७ प्रतिशत यस क्षेत्रका उद्योगी तथा व्यवसायीले आफ्नो लगानीको योजना स्थगित गरेको जनाएका थिए भने चालु आर्थिक वर्षको पहिलो त्रैमशमा यस क्षेत्रमा ५० प्रतिशत व्यवसायीहरूले आफ्ना लगानी योजना स्थगित गरेको जनाएका छन् ।

सोमबार प्रतिवेदन सार्वजनिक गर्दै सीएनआई अध्यक्ष राजेशकुमार अग्रवालले बैंकमा लगानीयोग्य रकम रहेको र ब्याजदर पनि घट्दै गइरहँदा समेत निजी क्षेत्रले लगानीका योजना अघि बढाउन नसकेको बताए ।

माग पक्षमा विगतमा जवर्जस्ती गरिएको नीतिगत अवरोधपछि समस्या सिर्जना भइरहेको उल्लेख गर्दै उनले सहकारीमा देखिएको समस्याका कारण मागमा समेत दबाब सिर्जना भएको बताए ।

प्रकाशित : १६ पुस २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह