Logo

मुख्य समाचार

भ्रष्टाचार अभियोगमा निलम्बन हुनुअगावै दूरसञ्चार प्राधिकरणका अध्यक्षद्वारा राजीनामा


gdpnepal
   २४ पुस २०८०, मंगलबार


काठमाडौं । बहुचर्चित एवं विवादास्पद एमडीएमएस र टेरामक्स लगायतका प्रकरणमा मुछिएका नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूमाथिको छानबीन अन्तिम चरणमा पुर्याएको बेला खनालले राजीनामा दिएका हुन् । आफूविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएमा स्वतः निलम्बनमा पर्ने अवस्थामा उनले सहानुभूति बटुल्न राजीनामा गरेको जानकारहरु बताउँछन् ।

खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सञ्चार एवं सूचनाप्रविधि मन्त्री रेखा शर्माको निर्देशनमा राजीनामा गरेको दावी गरिए पनि यथार्थमा भने उनी संलग्न रहेका काण्डहरुको छानबीन अन्तिम चरणमा पुगेको र त्यसमा आफूमाथि अभियोग सुनिश्चित भएसँगै राजीनामा गरेको स्रोतले बताएको छ ।

खनाललाई तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले अध्यक्ष नियुक्त गरेका थिए । अख्तियार प्रमुखमा पनि केपी ओली सरकारले नै नेतृत्व गरेका प्रेम राई प्रमुख छन् । तर, ओली र बाँस्कोटासमेत खनालको पक्षमा नहुँदा उनीमाथि अख्तियारको छानबीन रोकिन सकेन । अन्ततः खनालले राजीनामाको बाटो रोजे ।

खनालले मंगलबार मन्त्री शर्मालाई राजीनामा बुझाएका हुन् । उनले पदावधि सकिनु करिब ६ महिना अगाडि नै राजीनामा दिएका छन् ।

प्रकाशित : २४ पुस २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह