लोवर इर्खुवा हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १ सय रुपैयाँमा २८ लाख ५ हजार ७५० कित्ता आइपीओ निष्कासन गर्ने भएको हो । जसअनुसार कम्पनीले २८ करोड ५ लाख ७५ हजार रुपैयाँमा आइपीओ जारी गर्नेछ ।
आइपीओ निष्कासन गर्न मंगलबार ज्योति क्यापिटल र हाइड्रोपावर कम्पनीबीच सेयर प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लोवर इर्खुवा हाइड्रोपावर लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक विश्वेश्वर सुवेदीले हस्ताक्षर गरेका हुन् ।
प्रतिक्रिया