सोनापुर मिनिरल्स एन्ड आयलले साधारण सभा डाकेको छ । सभा माघ २६ गते होटल माला इन घोराही–१५, दाङमा बिहान १० बजे सुरु हुनेछ ।
सभामा प्रबन्धपत्र संशोधन गर्ने र कम्पनीको उद्देश्य थप गर्ने प्रस्ताव पेश हुनेछ । यस्तै, कम्पनीको हाल कायम चुक्ता पुँजी र सञ्चित मुनाफाको जम्मा रकम भन्दा बढीको रकम विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण चुक्ता गर्न अनुमोदन गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
यसका साथै, सभाले गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत अन्य विवरणहरु छलफल गरी पारित गर्ने, सभामार्फत सर्वसाधारण सेयरधनी समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पेश गर्ने छ ।
कम्पनीले सभामा लाभांश विरतणबारे भने कुनै प्रस्ताव पेश गर्ने छैन ।
साधारण सभा प्रयोजनका लागि माघ १२ गते बुक क्लोज हुने भएकाले माघ ११ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया