रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश दिने प्रस्तावसहित माघ २९ गत साधारण सभा बोलाएको हो ।
सभामा हाल कायम चुक्ता पुँजीको १६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले माघ १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । माघ १४ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।
प्रतिक्रिया