Logo

बैंक / बिमा /शेयर

माछापुच्छ्रे बैंकको नाफा २१.४५ प्रतिशतले घट्यो


GDP नेपाल
   ५ माघ २०८०, शुक्रबार


माछापुच्छ्रे बैंकले चालु आर्थिक २०७९/८० को दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार दोस्रो त्रैमासमा बैंकको खुद नाफा २१.४५ प्रतिशतले घटेको छ ।

गत वर्षको यसै अवधिमा १ अर्ब २ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष ८० करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यस्तै, बैंकको ब्याज आम्दानी पनि ५.५६ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकले २ अर्ब ६३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत वर्ष बैंकले २ अर्ब ७९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा बैंकको खराब कर्जा १.२१ प्रतिशत बढेर २.६२ प्रतिशत पुगेको छ । गत वर्षको पुसमा बैंकको खराब कर्जा १.४१ प्रतिशत थियो ।

त्यसैगरी, बैंकको नेट फी एन्ड कमिसन आम्दानी ६.५५ प्रतिशत घटेर ५४ करोड ३६ लाख रुपैयाँ कायम भएको छ । कुल सञ्चालन आम्दानी ६.६७ प्रतिशतले घटेर ३ अर्ब ३४ करोड रुपैयाँ , सञ्चालन नाफा १३.१९ प्रतिशत घटेर १ अर्ब २७ करोड रुपैयाँ र वितरणयोग्य मुनानाफा २४ करोड ६९ लाख रुपैयाँले ऋणात्मक छ ।

दोस्रो त्रैमाससम्म बैंकको चुक्ता पुँजी भने बढेको छ । यस्तो पुँजी १३.३० प्रतिशतले बढेर ११ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, जगेडा कोष ५ अर्ब ४५ करोड रुपैयाँ , निक्षेप संकलन १ खर्ब ५२ अर्ब ४८ करोड रुपैयाँ र कर्जा प्रवाह २.९९ प्रतिशत बढेर १ खर्ब २९ अर्ब ९१ करोड रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।

बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ६.१३ रुपैयाँ घटेर १३८६ रुपियाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ छ ।

प्रकाशित : ५ माघ २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह