Logo

बैंक / बिमा /शेयर

नेपाल बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा पनि ऋणात्मक


GDP नेपाल
   ६ माघ २०८०, शनिबार


नेपाल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खुद नाफा ४९.६० प्रतिशतले घटेर ५९ करोड ५१ हजार रुपैयाँ सीमित भएको छ ।

अघिल्लो वर्षको यसै अवधिमा बैंकले १ अर्ब १७ करोड ६ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खराब कर्जा ४.५० प्रतिशत पुगेको छ । बैंकको खुद ब्याज आम्दानी भने २०.४० प्रतिशतले बढेर ४ अर्ब ६३ करोड ४० लाख ६६ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ४९.६५ प्रतिशतले घटेर ७६ करोड २५ लाख ९३ हजार रुपैयाँ पुगेको छ ।

बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ रहेको छ । वितरणयोग्य नाफा ५६ करोड ९० लाख ७७ हजार रुपैयाँ ऋणात्मक छ ।

प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९० पैसाले घटेर ८ रुपैयाँ ०३ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ २५२ रुपैयाँ छ ।

प्रकाशित : ६ माघ २०८०, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह