ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले दोस्रो त्रैमाससम्ममा २ अर्ब ४ करोड २३ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
गत वर्षको सोही अवधिको तुलनामा भने बैंकको नाफा २६.५७ प्रतिशतले घटेको हो । गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब ७८ करोड ११ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.९९ प्रतिशतले बढेर ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ कायम भएको छ । संचालन आम्दानी पनि ३९.२२ प्रतिशतले बढेर १० अर्ब ८६ करोड २६ लाख रुपैयाँ पुगेको छ । बैंकको संचालन नाफा भने २५.०८ प्रतिशतले घटेर २ अर्ब ८४ करोड ३० लाख रुपैयाँ कायम भएको छ । बैंकको वितरणयोग्य नाफा पनि १ अर्ब २७ करोड ७९ लाख रुपैयाँ ऋणात्मक देखिएको छ। हाल बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा भने २० अर्ब ७३ करोड ९१ लाख रुपैयाँ राखेको छ ।
सो अवधिमा बैंकको निक्षेप संकलन पनि ६.५५ प्रतिशतले बढेर ४ खर्ब ५४ अर्ब २४ करोड ८० लाख रुपैयाँ कायम भएको छ । बैंकको खराब कर्जा १.७६ प्रतिशतले बढेर ४.६८ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी (इपिएस) ७ रुपैयाँले घटेर ११ रुपैयाँ ३१ पैसा कायम भएको छ । प्रतिसेयर आम्दानी पनि १५७ रुपैयाँ ४० पैसा कायम भएको छ ।
प्रतिक्रिया