चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुको खुद नाफा ९.९५ प्रतिशतले घटेको छ । तथ्यांक अनुसार २० वाणिज्य बैंकहरु मध्ये १६ वटाको नाफा घटेको छ ।
यस अवधिमा बैंकहरुले २८ अर्ब ७६ करोड ५२ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
नबिल बैंकले सबैभन्दा बढी ३ अर्ब २० करोड ३० लाख ७९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा भने बैंकको नाफा ६.२८ प्रतिशतले कम हो । गत वर्षको यसैअवधिमा ३ अर्ब ४१ करोड ७६ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
प्रतिक्रिया