Logo

बैंक / बिमा /शेयर

१० अर्बको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक


GDP नेपाल
   ८ माघ २०८०, सोमबार


नेपाल राष्ट्र बैंकले साढे १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले माघ ९ गते मंगलबार जारी गर्नेगरी २८ दिने र ९१ दिने दुई किसिममा कूल १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।

२८ दिने ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ छुट्याइएको छ भने ९१ दिनेका लागि ५ अर्ब ४९ करोड रुपैयाँ छुट्याइएको छ । जसमध्ये ५ अर्ब रुपैयाँ नयाँ ट्रेजरी जारी गरेर बाँकी पुरानै ट्रेजरीको नवीकरण गरिने बैंकले जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो २ बजेभित्र ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् । ट्रेजरी बिलको बोलकबोल दिउँसो २ बजे हुनेछ । यसअघि केन्द्रीय बैंकले पुस २९ गते १५ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रकाशित : ८ माघ २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह