Logo

बैंक / बिमा /शेयर

रिलायन्स स्पिनिङ मिल्सको आइपीओ बिक्री खुला


GDP नेपाल
   १० माघ २०८०, बुधबार


रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले बुक बिल्डिङ प्रक्रियामा आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि सेयर बोलकबोल खुला गरेको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बोलकबोल खुला गरेको हो । बोलकबोलका प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम भएको छ । संस्थागत लगानीकर्ताले सोही सीमाभित्र रहेर बोलपत्र पेश गर्नुपर्ने छ ।

संस्थागत लगानीकर्ताले बोलपत्र पेश गर्ने अन्तिम मिति माघ १४ गते तोकिएको छ । उक्त मितिको भोलिपल्ट संस्थागत लगानीकर्ताहरुलाई निष्कासित सेयर पूर्णरुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको ‘कट अफ प्राइस’ मूल्य निकालिने कम्पनीले जानकारी गराएको छ । कट अफ प्राइस वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकलाई माग बमोजिमको धितोपत्र कट अफ प्राइसमा बाँडफाँट हुनेछ । उक्त कट अफ प्राइस भन्दा १० प्रतिशत मूल्य घटाएर दोस्रो रचणमा सर्वसाधारणलाई सेयर जारी हुन्छ । यसमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रकाशित : १० माघ २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह