विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
संस्थाले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ । यस संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ९.८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया