सानिमा जिआईसी इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्दै कायम रहेको वितरणयोग्य मूनाफा नबाँडी सञ्चित गर्ने निर्णय गरेको हो । सोही निर्णय नेपाल बीमा प्राधिकरण समक्ष पेश गरि साधारणसभा स्वीकृतिका लैजाने कम्पनीले जनाएको छ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले बुकक्लोज मिति भने तय गरेको छैन ।
प्रतिक्रिया