रंगुन खोला हाइड्रोपावर लिमिटेडले आइपीओ जारी गर्ने भएको छ ।
कम्पनीले आइपीओ जारी गर्ने प्रस्तावसहित फागुन ९ गते वार्षिक साधारण सभा बोलाएको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सुकेधारा काठमाडौँमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
साथै, सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।
प्रतिक्रिया