अन्नपूर्ण केबलकार लिमिटेड साधारण सभा डाकेको छ । कम्पनीले फागुन ११ गते वार्षिक साधारणसभा डाकेको हो । सभा वाटरफ्रन्ट रिसोर्ट लेकसाईड पोखरामा दिउँसो २ बजेबाट सुरु हुनेछ ।
सभामा सर्वसाधारणलाई आइपीओ निष्कासन गर्ने प्रस्ताव पनि पेश हुने छ ।
साथै, आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
प्रतिक्रिया