उद्योगी तथा सांसद विनोद चौधरीले सरकारले प्रतिशोध साधेको आरोप लगाएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा आफ्ना भाई अरुण चौधरी पक्राउ परेपछि चौधरीले सरकारले प्रतिशोध साधेर समातेको आरोप लगाएका हुन् ।
उक्त जग्गा प्रक्रियासंगत रुपमा किनेको दाबी गर्दे उनले सरकारको यस कदमले उद्योगी व्यवसायीको मनोबल खस्किने बताए । यस्तै, उद्योगीमाथिको धरपकडले आगामी बैशाखमा आयोजना गर्न लागिएको लगानी सम्मेलनमा समेत प्रभाव पर्ने चौधरीले बताए ।
‘लगानी सम्मलेन गर्न लागिरहेको समयमा यस्ता कार्यले उद्योगी व्यवसायीको मनोबल खस्किन्छ,’ उनले भने ।
प्रतिक्रिया