Logo

विकास / पूर्वाधार

पहिरोले रौदीगाड लघु जलविद्युत आयोजना पूर्ण रूपमा क्षती, ३५० घरधुरी प्रभावित


GDP नेपाल
   २२ चैत्र २०८२, आइतबार


बाजुरा । बाजुरामा पहिरोले रौदीगाड लघु जलविद्युत आयोजना पूर्ण रूपमा क्षति भएको छ । गौमुल गाउँपालिका—३ मा अवस्थित रौदीगाड लघु जलविद्युत आयोजना पहिरोका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको हो ।

हिउँदे वर्षा वर्षापछि आएको पहिरोले आयोजनाको पावर हाउस माथिबाट पहिरो खस्दा ठुलो क्षति पुर्‍याएको हो । पहिरोले पावर हाउस मात्र नभई नहर समेत बगाएको उपभोक्ता समितिका सचिव भक्त विकले जानकारी दिए ।

संरचनामा क्षति पुगेसँगै अहिले विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको विकले बताएका छन् । २०६९ चैत २५ गते निर्माण सम्पन्न भएको उक्त आयोजना मार्फत करिब ३५० घरपरिवार लाभान्वित हुँदै आएका थिए । नहर र पावर हाउसमा क्षति भए पछि ३५० घरधुरी प्रभावित भएका छन् ।

वडा अध्यक्ष गोरख बोहराले तत्काल गौमुल सरकार, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गरी आवश्यक पहल गरिने बताएका छन्।स्थानीयलाई सेवाबाट वञ्चित हुन नदिन तत्काल समन्वय र सहकार्य गरी विद्युत् सेवा सञ्चालन गर्न पहल गरिने बताए ।

पहिरोका कारण संरचना सँगै उपकरणमा समेत क्षति पुगेको कर्मचारी भीम बहादुर रोकायाले बताए । विपतका कारण ठुलो क्षतिको सामना गर्नु परेको बताउँदै उनले तत्काल मर्मत तथा पुनः निर्माणका लागि सम्बन्धित निकायसँग पहलको माग गरिएको जानकारी दिए ।

बाजुरामा बर्सेनि बाढी पहिरोले ठुलो धनजनको क्षति गर्ने गरेको छ । विभिन्न आयोजनाका साथै यहाँका नौं वटै स्थानीय तहका अधिकांश गाउँ बस्ती पहिरोको उच्च जोखिम छन्। चैत्रमै पहिरो बग्न थालेपछि स्थानीय त्रसित समेत बनेका छन् । बाजुरामा झन्डै १३५ बढी गाउँबस्ती पहिरोको उच्च जोखिममा छन् ।

प्रकाशित : २२ चैत्र २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह