नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।
बैंकले फागुन १ गतेदेखि प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख ४० हजार इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये बैंकले आफ्नै पहलमा १६ लाख १६ हजार इकाई अन्य संघसंस्थालाई बिक्री गर्ने भएको हो।
बाँकी २४ लाख २४ हजार इकाई सर्वसाधारणका लागि खुला हुनेछ । यसमध्ये सामूहिक लगानी कोषहरुका लागि ५ प्रतिशत अर्थात ८० हजार ८०० कित्ता ऋणपत्र छुट्याइएको छ।
नेपाल इन्भेष्टमेन्ट मेगाले १० वर्ष अवधिको (१० प्रतिशत एनआइएमबी डिबेन्चर २०९०) जारी गर्न लागेको हो। यसैगरी बिक्री प्रबन्धक प्रभु क्यापिटलले वार्षिक १० प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ। यस ऋणपत्रमा फागुन ४ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने फागुन १५ गतेसम्म खुला रहनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया