Logo

बिजनेस होम

मेची क्राउन होटलको स्वार्थमा क्यासिनो खोल्न पाउने सीमा फेरियोः सांसद प्रदीप यादव


gdpnepal
   २४ माघ २०८०, बुधबार


काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रदीप यादवले झापामा स्थापना भएको पाँचतारे होटल मेची क्राउनको स्वार्थ पूरा गर्न सीमावर्ती सहरभन्दा पाँच किलोमिटर टाढामात्र क्यासिनो खोल्न पाउने व्यवस्था गर्न लागिएको बताएका छन् ।

प्रतिनिधिसभामा बुधबार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकको छलफलमा भाग लिँदै सांसद यादवले यस्तो बताएका हुन् ।

उनले नेपाल र भारतका अधिकांश ठूला सहर तीन किलोमिटरभित्रै रहेको उल्लेख गर्दै क्यासिनोका ग्राहक पनि भारतीय नै हुने भएकाले सीमा संशोधन गरिनु गलत नियत स्पष्ट हुने बताए ।

जनता समाजवादी पार्टीका सांसद यादवले मेची क्राउन होटल भारतीय सीमाभन्दा १० किलोमिटर टाढा रहेको र उसकै स्वार्थमा क्यासिनो खोल्न पाउने सीमा तीन किलोमिटरबाट पाँच किलोमिटर पु¥याइएको बताए ।

प्रकाशित : २४ माघ २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह