Logo

बैंक / बिमा /शेयर

एशियन लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा


GDP नेपाल
   २५ माघ २०८०, बिहिबार


एशियन लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभा डाकेको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्ने प्रस्तावसहित फागुन १८ गते वार्षिक साधारण सभा डाकेको हो । सभा होटल क्लासिक सिमरा, बारामा बिहान साढे ११ बजे सुरु हुनेछ ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४०७ प्रतिशत नगद गरी कुल ८.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साथै, सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । त्यसैगरी, बोनस सेयर वितरण पश्चात कायम हुने पुँजीमा ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले फागुन ८ गते बुक क्लोज गर्ने भएको छ । फागुन ७ गते प्रजातन्त्र दिवस पर्ने भएकोले सो दिन सेयर बजार बन्द हुनेछ । त्यसैले, सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन फागुन ६ गतेसम्म सेयरधनी कायम हुनु पर्नेछ ।

प्रकाशित : २५ माघ २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह