Logo

मुख्य समाचार

४.६४ प्रतिशतले बढ्यो सोल्टी होटलको नाफा


GDP नेपाल
   २८ माघ २०८०, आइतबार


सोल्टी होटलले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।विवरण अनुसार होटलले दोस्रो त्रैमाससम्ममा २६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको यसै अवधिको तुलनामा होटलको नाफा ४.६४ प्रतिशतले धेरै हो । गत वर्ष होटलले २५ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

होटलले यस अवधिसम्म व्यवसायबाट कुल १ अर्ब ५ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन गत वर्षको भन्दा ३९.४४ प्रतिशतले धेरै हो । गत वर्ष होटलले ९६ करोड रुपैयाँ आम्दानी गरेको थियो । यो त्रैमासमा होटलको सञ्चालन आम्दानी पनि ३० करोड ६२ लाख रुपैयाँबाट बढेर ३१ करोड ७९ लाख रुपैयाँमा भएको छ ।

हाल होटलको चुक्ता पुँजी ८८ करोड ४७ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १ अर्ब ४८ करोड रुपैयाँ छ । सोल्टी होटलको प्रतिसेयर आम्दानी २ रुपैयाँ ९७ पैसामा झरेको छ । होटलको प्रतिसेयर नेटवर्थ २६ रुपैयाँ ७८ पैसा रहेको थियो ।

प्रकाशित : २८ माघ २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह