Logo

बैंक / बिमा /शेयर

कर्जा जोखिम भारको दर तोडमोड गरिएको छैन: एनआईसी एशिया बैंक


GDP नेपाल
   १ फाल्गुन २०८०, मंगलबार


एनआईसी एशिया बैंकले ‘कर्जा जोखिम भारको दरलाई तोडमोड’ शीर्षकको समाचारप्रति आपत्ति जनाएको छ ।

मंगलवार एक विज्ञप्ति जारी गर्दै बैंकले ‘कर्जा जोखिम भारको दरलाई तोडमोड’ शीर्षकको भ्रामक साचार सम्प्रेषन गरिएको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

‘हाल केही सञ्चार माध्यमहरूमा बैंकले घर कर्जाको वासल बमोजिमको जोखिम भारको दरलाई तोडमोड गरेको र रियल स्टेट क्षेत्रमा बैंकले नियमनकारी व्यवस्थाहरूले तोकेको सीमाभन्दा बढी कर्जा लगानी गरेको लगायतका विषयहरूमा प्रकाशित भ्रामक समाचारहरूप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको छ’, बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘बैंकले रियल स्टेट सेक्टरमा नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी कर्जा लगानी गरेको भन्ने समाचार सत्य, तथ्यमा आधारित नरहेको प्रस्ट पार्दै रियल स्टेट सेक्टरमा बैंकले आफ्नोे कुल कर्जाको २५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्नेमा यस बैंकले २०८० पुस मसान्तसम्म १०।१४ प्रतिशत मात्र कर्जा प्रवाह गरेको व्यहोरासमेत सम्बन्धित सबैलाई प्रस्ट पार्दछौं’,

प्रकाशित : १ फाल्गुन २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह